मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १५ शुक्रबार १९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार १९:o९:oo

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको बताएका छन्।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने बताएका हुन् । उनले अर्लिइलेक्सनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेस, जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इंकित गर्दै भट्टराईले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । उनले  पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए ।  पूर्वमाओवादीहरू एकै ठाउँमा नभई नयाँ ठाउँमा आबद्ध हुनुपर्ने उनको भनाइ थियाे ।