मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Saturday, 12 July, 2025
एजेन्सी क्यानबेरा
२o७८ असोज १५ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अष्ट्रेलियाले नोभेम्बरदेखि सीमानाका खुला गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी क्यानबेरा
नयाँ पत्रिका क्यानबेरा
२o७८ असोज १५ शुक्रबार १२:१४:oo

अष्ट्रेलियाले कोभिड– १९ को खोप लगाइसकेकाहरूका लागि नोभेम्बरदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने भएको छ। कोरोना भाइरसको महामारीछि अष्ट्रेलियाले आवागमनमा कडाइ गरेको थियो। उसले सन् २०२० को मार्चदेखि आफ्ना देशका नागरिकलाई समेत देश छाड्न रोक लगाएको थियो।

महामारी नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै नाका बन्द गर्ने अष्ट्रेलियाको  नीतिको प्रशंसा भए पनि मानिसहरू परिवारबाट टाढिएका थिए।

खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी हुने राज्यका मानिसहरूलाई विदेश यात्राको अनुमति दिइने बिबिसीले उल्लेख गरेको छ। यद्यपि, अहिले नै विदेशीहरूका लागि भने यात्रा खुला गरिएको छैन। विदेशी पर्यटकलाई छिट्टै यात्रा अनुमति दिने तयारी भइरहेको यहाँका सरकारी अधिकारीले बताएका छन्।

विशेष कामले यात्रा गर्नुपर्ने नागरिकले १४ दिन होटेलमा क्वारेन्टिन बस्नुपर्ने नियम पनि सरकारले हटाएको छ। १४ दिन क्वारेन्टिन बस्न तीन हजार अष्ट्रेलियन डलर खर्च हुने हुँदा यो नियमका कारण सरकारले आलोचना खेपिरहेको थियो।