आज थारू समुदायका महिलाहरूले जितिया पर्व मनाउँदै छन् । थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जितमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति–आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
पारम्परिक गीत, संगीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष असाेजको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाउने गर्दछन् ।