मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १३ बुधबार o६:३३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार निरन्तर घट्दा आत्तिए लगानीकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार o६:३३:oo

सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता अतालिन पुुगेका छन् । यस हप्ता तीन दिनको कारोबारमा तीनै दिन उच्च अंकले घटेपछि लगानीकर्ता प्यानिक बन्न पुुगेका हुन् । मंगलबार पनि नेप्से परिसूचक ७० अंकले घटेको छ । नेप्से सूूचक २ दशमलव ६१ प्रतिशतले घट्दा दुई हजार ६ सय १५ दशमलव ४० बिन्दुुमा पुुगेर थामिएको छ । नेप्सेसँगै कारोबार रकम घट्नाले लगानीकर्ता बजारप्रति निराश हुन थालेका छन् । कतिपय लगानीकर्ताले अहिलेको बजार घटाइलाई सामान्य नै माने पनि साना लगानीकर्ता आत्तिएका छन् । फलस्वरूप बजारमा दैनिक कारोबारमा गिरावट आएको छ ।

पछिल्लो समय केही ठूला लगानीकर्ता लाभांश वितरणको मुुखमा बजार घटाएर सेयर किन्न खोजेको आरोप पनि लगाउन थालेका छन् । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा  आएका दुई सय १८ कम्पनीको एक करोड ३० लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । यता ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव ४२ अंकले गिरावट आएर चार सय ९४ बिन्दुुमा पुुगेको छ ।

कारोबारमा आएका १३ वटै समूूहका सूूचक नकारात्मक बन्दा फाइनान्स ७ प्रशितले घट्न पुुगेको छ भने माइक्रो फाइनान्स समूूहको सूचक २ दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत्, विकास बैंक र वाणिज्य बैंक समूहको सूूचकमा पनि उच्च गिरावट आएको छ ।  

तीन कम्पनीको सेयर मूूल्यमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गोर्खाज फाइनान्सको सेयर मूूल्यमा उच्च गिरावट आएको हो । त्यसैगरी, जोशी हाइड्रो डेभलपमेन्ट, श्री इन्भेस्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावरको सेयर मूूल्य उच्च ९ देखि ८ प्रतिशतसम्म घट्दा यी कम्पनीको कारोबार रकममा गिरावट आउँदा अधिकांश लगानीकर्ता बजारले अझै केही समय करेक्सन लिने संकेत गरेको प्रतिक्रिया दिन्छन् । एक लगानीकर्ता भन्छन्, ‘बजार घटे पनि लगानीकर्ताले खुुलेर सेयर किनबेच गरेका छन् भने यसले बजार केही समयमै फर्किन्छ भन्ने विश्लेषण गर्न सकिन्छ, तर दैनिक घट्दो कारोबार रकममा पनि त्यतिकै गिरावट आयो भने बजार कतिसम्म ओरालो लाग्छ, अनुुमान गर्न सकिन्न ।’

कुुमारी बैंकको सर्वाधिक १८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको १७ करोड ३८ लाख रुपैयाँ तथा नेसनल हाइड्रोपावर, आइसिएफसी फाइनान्स, एनआइसी एसिया बैंक, नेपाल बैंक, अपि पावर कम्पनीको सेयर १५ करोडदेखि १३ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।