मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Friday, 11 July, 2025
तस्बिर : वडासदस्य पुरुषोत्तम कर्माचार्यको फेसबुकबाट।
२o७८ असोज १२ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्भवती र क्षयरोगका बिरामीलाई वडाद्वारा अन्डा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १४:१३:oo

काभ्रेको पनौती नगरपालिका– ७ ले गर्भवती महिला र क्षयरोगका बिरामीहरूलाई अन्डा वितरण गर्दै आएको छ। गर्भवती र क्षयरोगका बिरामीलाई पौष्टिक आहार पुगोस् भन्ने हेतुले वडा कार्यालयले कुखुराको अन्डा वितरण गर्दै आएको हो।

वडामा रहेको स्वास्थ्यचौकीमा परीक्षण गर्न आएका गर्भवती र क्षयरोगका बिरामीहरूलाई अन्डा वितरण गर्ने गरिएको वडा सदस्य पुरुषोत्तम कर्माचार्यले जानकारी दिए। ‘गर्भवती महिला र क्षयरोगका बिरामीहरूलाई पौष्टिक आहारको रूपमा प्रतिव्यक्ति दिनको एक वटाका दरले ३० वटा अन्डा दिने गरेका छौँ,’ कर्माचार्यले भने।

गर्भवती महिलाहरूलाई अन्डा दिने कार्यक्रम वडा कार्यालयले ०७४ सालदेखि नै सुरु गरेको हो। अहिले भने क्षयरोगका बिरामीहरूलाई पनि अन्डा वितरण गर्न थालिएको छ। हालसम्म नाै सय ६७ क्रेट कुखुराको अन्डा वितरण गरिसकेको कर्मचार्यले जानकारी दिए।