१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १३:१६:oo

‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस’ नेपालमा पनि मनाइएको छ। मंगलबार इपिडेमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलमा कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो।

कार्यक्रमपछि स‌चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडेमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्य्राइँ  गर्न नहुने बताए। उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भए मात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुईजना मानिसको मृत्यु भइरहेको जानकारी दिए।

घरपालुवा कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०–१५ मिनेटसम्म साबुनपानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी दुई दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरू टेकु अस्पतालमा आउने गरेको जानकारी दिए। उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरूको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल भइरहेको बताए।

कुकुरबाट मानिसमा हुने रेबिजलाई २०३० सम्म शून्यमा ल्याउने सरकारको योजना रहेको बताउँदै निर्देशक बाँस्तोलाले यसका लागि सबै स्थानमा आमनागरिकले सर्वसुलभ तरिकाले खोप पाउने व्यवस्था गर्नुपर्ने, कुकुरलाई रेबिज हुन नदिन त्यसविरुद्धको खोप लगाउने र कुकुरको जनसंख्यामा कमी गरे ०३० सम्ममा कुकुरबाट हुने रेबिज शून्यमा ल्याउन सकिने बताए।

निर्देशक बाँस्तोलाले विकसित देशहरूमा पनि अहिलेसम्म रेबिज भइसकेका व्यक्तिहरूमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको बताए। नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउनेजस्ता लक्षण देखिसकिएका मानिसहरूलाई बचाउन नसकिने भएकोले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए।