राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेकाे बैठकले अध्यादेश फिर्ता लिन सिफारिस गरेको हो । 

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेकी थिइन् । 

अध्यादेशपछि एमाले र जसपा विभाजित भएका छन् ।

सुझावित समाचार