१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ का तीनसहित पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो, आठ जिल्लाको अझै अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२१:oo

नेपाली कांग्रेसले प्रदेश नम्बर २ का तीनसहित पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ। नेता कृष्ण सिटौला संयोजकत्वको विवाद समाधान कार्यदलले विवाद समाधान गरेर केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाएको छ।

विवरण उपलब्ध भएसँगै कांग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ। विवरण सार्वजनिक हुने जिल्लााहरूमा डोल्पा, सुर्खेत, महोत्तरी, सिराहा र बाँके रहेका छन्। निर्वाचन समितिले विवरण उपलब्ध भएकामध्ये हिमाली जिल्ला डोल्पामा मात्र निर्वाचनको प्रक्रिया सुरु भएको जनाएको छ।

डोल्पाबाहेक विवाद टुंगिएका चार जिल्ला र बाँकी आठ जिल्लाको क्रियाशील विवाद टुंगो लागेपछि कार्यतालिका हेरफेर गरेर एकमुष्ट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ। अब क्रियाशील विवाद टुंगो लाग्न बाँकी जिल्लाामा बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलाली रहेका छन्।

केही दिनअघि बसेको कांग्रेसकोे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज ९ भित्र विवाद टुंगो लगाउने सहमति गरेको थियो।

ad
ad