Skip This
शिशुको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Saturday, 27 July, 2024
२o७८ असोज ९ शनिबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिशुको मृत्युपछि दमकको एडभान्स अस्पताल तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार १४:११:oo

उपचारका लागि ल्याएको बालकको मृत्यु भएपछि आफन्तले दमकको एडभान्स अस्पताल तोडफोड गरेका छन्। कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएपछि शनिबार आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

शुक्रबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनलाई बालरोग विषेशज्ञ डा. अनिल थापाले हेरेका थिए । कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। 'बच्चाको अवस्था सामान्य थियो । यहाँ कोरोना संक्रमित राख्न सक्ने अवस्था थिएन', उनले छलफलका क्रममा भने, 'औषधि दिएर घर पठाएको हो । उनको अक्सिजन लेभल पनि ठिक थियो।'

तर, अस्पतालबाट घर पुर्‍याउनेबित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्त सरोज खड्काले बताए। अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै उनले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए। स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको सरोजले बताए।

अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आक्रोशितले अस्पतालमा ढुंगा प्रहार गरेको छन् । ढुंगा प्रहारबाट अस्पतालको सिसा फुटेको छ । ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् ।