मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ असोज ९ शनिबार १०:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्ति स्थापनार्थ नेपाललाई उच्च पद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ असोज ९ शनिबार १०:३४:००

संयुक्त राष्ट्रसंघको  ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 
    
त्यस अवसरमा उनीहरूबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवर्द्धनलगायत साझा चासो र अन्य विषयमा विचार–विमर्श भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

आजै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसंघबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्र–दान भएको थियो । रासस