मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Wednesday, 09 July, 2025
२o७८ असोज ८ शुक्रबार १३:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार १३:४५:oo

इजरायल सरकारले कोरोना भाइरसविरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने भएको छ। कोरोना परीक्षण गर्दा संक्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको यहाँको शिक्षा मन्त्रालयले जनाएको छ।

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्।

विद्यालयमा कोरोना भाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन्। यो निर्णयले सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन दबाब सिर्जना गर्ने पनि सरकारी अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्।

इजरायल सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ। विशेष गरेर शिक्षा क्षेत्रका व्यक्तिहरूलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ। रासस