१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २१:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा बजार अनुगमन : अखाद्य वस्तु छ्यापछ्याप्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:१६:oo

लमजुङमा चाडपर्व नजिकिएसँगै बजारमा म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री बढेको पाइएको छ । मंगलबार र बुधबार लमजुङको बेँसीसहर बजारमा अनुगमनका क्रममा अखाद्य वस्तुको बिक्री गरेको भेटिएको हो । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रका किराना पसलहरूले खाद्यपदार्थलगायत म्याद गुज्रिएको दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गरेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लमजुङले बजार अनुगमनलाई तीव्रता दिइएको हो । 

अनुगमनका क्रममा अनुगमन टोलीले किराना पसलबाट म्याद गुज्रिएको अखाद्य वस्तु जफतसमेत गरेको छ । घरेलु कार्यालयका प्रमुख तोपलाल भुसालका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्रीवितरणमा संलग्न दुई दर्जनभन्दा बढी पसललाई सचेत गराइएको छ । अनुगमनमा म्याद नाघेका र अखाद्य वस्तु भेटिएको थियो । चाडपर्वका वेला म्याद नाघेका, अखाद्य वस्तु र मूल्य वृद्धिलगायतका गतिविधि बढ्न सक्ने भन्दै यसलाई न्यूनीकरण गर्न अनुगमन सुरु गरिएको प्रमुख भुसालको भनाइ छ ।

घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइ र बेँसीसहर नगरपालिकाको समन्वयमा गरिएको बजार अनुगमनमा यहाँ सञ्चालित पसलहरू नियमविपरीत रहेको पाइएको हो । अनुगमन गरिएका केही पसलबाहेक अधिकांश पसल नियमविपरीत र आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरेको भेटिएकाले उनीहरूलाई पसल दर्ता गरेर सञ्चालन गर्न अनुरोध गरिएको बेँसीसहर नगरपालिकाका शाखा अधिकृत सुशीला श्रेष्ठले बताइन् । 

उनका अनुसार मापदण्ड पूरा नगरी माछामासुको कारोबार गर्नेलाई निश्चित अवधिको समय दिएर सुधार गर्न र प्रशासन तथा नगरपालिकाको कार्यालयमा सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ ।  
 

ad
ad