मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ६ बुधबार १५:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुन्छ : परराष्ट्रमन्त्री खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार १५:१८:oo

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताए।  उनले परराष्ट्र नीति कुनै दलविशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढने प्रतिबद्धतासमेत व्यक्त गरे। 

मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताए। उनले एमसिसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हितअनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे। 

खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसिसीबारे छलफल नहुने पनि स्पष्ट पारे। उनले त्यस अवसरमा विश्वका विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग द्विपक्षीय हितका विषयमा छलफल हुने बताए। नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने जानकारीसमेत दिए।