मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘बिलेटको भन्सार परिवर्तनले औद्योगिकीकरणमा सहयोग’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार ०६:४०:००

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न स्पन्ज आइरनमा लाग्दै आएको भन्सारलाई शून्य बनाउँदै अन्तःशुल्कसमेत नलाग्ने व्यवस्था गर्दा मुलुकको औद्योगिकीकरणमा सहयोग पुगेको निजी क्षेत्रको ठहर छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिस्थापन विधेयक (बजेट)को स्वागत गरेका हुन् । विधेयकमार्फत आयातीत बिलेटमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा रहेको अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा पुर्‍याइएको छ ।

यसअघि स्वदेशमा उत्पादित र आयातीत दुवै बिलेटमा–डन्डीमा प्रतिकिलो एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क र स्पन्ज आइरन र बिलेट आयातमा समान ५ प्रतिशत भन्सारदर कायम थियो । तर, तत्कालका लागि बिलेट आयात गरेर डन्डी बनाउँदै आइरहेका उद्योगहरू मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा पुग्ने परिसंघको ठहर छ । त्यस्ता उद्योग बन्द हुन नदिन चरणबद्धरूपमा कार्यान्वयनतर्फ जानुपर्ने परिसंघको सुझाब छ । 

महासंघले पनि बिलेट आयातमा थपिएको अन्तःशुल्क फिर्ता गरेर पुरानै व्यवस्था कायम राख्न आग्रह गरेको छ । विधेयकले कोभिडबाट थलिएको अर्थतन्त्रलाई अगाडि बढाउने महासंघको विश्वास छ ।