मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ६ बुधबार ००:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्युयोर्कमा बोलाइएको सार्क मन्त्रिपरिषद् बैठक रद्द, परराष्ट्रमन्त्रीले महासभालाई सम्बाेधन गर्ने 

Read Time : < 1 मिनेट
२०७८ असोज ६ बुधबार ००:३३:००

संयुक्त राष्ट्रसंघीय ७६औँ महासभाका क्रममा साइडलाइनमा नेपालले आयोजना गर्ने भनिएको सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक रद्द भएको छ। सबै सदस्य मुलुकबाट सहभागी हुने सुनिश्चित नभएपछि बैठक रद्द भएको हो। परराष्ट्र मन्त्रालयले मंगलबार सार्क सचिवालयलाई चिठी लेखेर यसको जानकारी सबै सदस्य मुलुकलाई गरिदिन आग्रह गरेको छ। 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको आग्रहपछि सार्क सचिवालयले मंगलबार सार्क सदस्य मुलुकहरूलाई चिठी लेखेर परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठक रद्द भएको जानकारी दिएको छ। सार्कको कान्छो मुलुक अफगानिस्तानमा नयाँ राजनीतिक प्रणाली आएसँगै सार्कको भविष्यबारे प्रश्न उठिरहेका वेला बैठक रद्द भएको हो। नेपालले पत्र पठाए पनि यसपटक अफगानिस्तानको प्रतिनिधित्व हुने सम्भावना थिएन। 

महासभालाई मन्त्रीले सम्वोधन गर्ने 
नेपालबाट मन्त्रीस्तरीय प्रतिनिधिमण्डल बुधबार साँझ न्युयोर्क जाने भएको छ। परराष्ट्रमन्त्रीका रूपमा शपथग्रहण गरेर कार्यभार सम्हालेलगत्तै डा. नारायण खड्का नेतृत्वमा चार सदस्यीय टोली न्युयोर्कतर्फ प्रस्थान गर्ने भएको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. खड्का, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने सहसचिव र एकजना अधिकृत सहभागी हुने तय भएको  छ। 

खड्काले नेपालका तर्फबाट महासभालाई सम्बाेधन गर्ने कार्यक्रम छ। उनले ११ असोजमा सम्बाेधन गर्ने सम्भावना रहेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगका एक अधिकारीले जानकारी दिए।