१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार १८:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर लगानीकर्ताको अहित नहोस् भन्नेमा सचेत छौँ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार १८:o९:oo

अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोबारमा संलग्न लगानीकर्ताको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा मंगलबार बुझ्दै शर्माले सेयर कारोबारमा ठूलो संख्यामा आमनागरिक सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हित रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाबअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास उनको छ । 

उनले भने, ‘जाँचबुझ समितिले दिएको सुझाबअनुसार आवश्यक प्रक्रिया अगाडि बढ्ने कुरा म जानकारी गराउन चाहन्छु । सेयर कारोबारमा आमनागरिक ठूलो संख्यामा सहभागी भइरहेको र सेयर कारोबारसम्बन्धी सूचनाहरू, त्यसका बारेमा जानकारीहरू कम हुँदाहुँदै पनि कारोबारमा ठूलो संख्या सहभागी भइरहेको सन्दर्भमा हाम्रो दायित्व ती सबै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्ने नै हो । यो प्रक्रियाले सेयर मार्केटलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कानुनविपरीत सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा खरिद गरिदिएर विवादमा तानिएपछि सरकारले ०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञसदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीनसदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । सो समितिले मंगलबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको हो । 

अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफूले प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पुर्याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।