मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
हेमन्त केसी जाजरकोट
२०७८ असोज ५ मंगलबार १२:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तस्करको निशानामा रेडपान्डा, प्रहरी चौकीमै सुनिन्छ बन्दुकको आवाज

Read Time : > 1 मिनेट
२०७८ असोज ५ मंगलबार १२:२४:००

लोपोन्मुख रेडपान्डाको चोरी–निकासी बढ्दै गएको पाइएको छ। प्रहरीले सार्वजनिक गर्ने तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ। जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा तुलनात्मक रूपमा रेडपान्डा धेरै पाइन्छ। संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा रेडपान्डालगायतका जनावर तस्करको निशानामा परेका छन्।

खुलेआम रेडपान्डालगायका अन्य जनावरको सिकार गर्न व्यापारीहरू गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका– ५ का स्थानीय प्रेम सिंहले बताए। सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको संख्याको बढी भएको उनी सुनाउँछन्। उनले भने, ‘हप्तैपिच्छे बारेकोटको जंगलमा वन्जजन्तुको सिकार हुने गरेको छ। सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन्। बन्दुक पड्काएको आवाज प्रहरी चौकीमै सुनिन्छ, तर कसलाई के मतलब ? वनका कर्मचारीहरु सदरमुकाम मात्र बस्छन्।’

रेडपान्डा संरक्षणका लागि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन्। तर, कार्यक्रममा सहभागी हुनेहरू नै तस्करसँग मिलेर वन्यजन्तुको सिकार गर्ने गरेका बारेकोट– ४ मैनाका रामबहादुर बस्नेतको आरोप छ। उनले भने, ‘चोरी निकासी रोक्नुपर्छ भन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कर समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो। प्रहरीले वन समूहलाई समेत सहयोग गरेन। उल्टै राजनीतिक पावरमा तस्करहरू जोगाउने काम भयो। यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?’

वनजंगल संरक्षणको अभावमा वन्यजन्तुको चोरी निकासी मौलाएको छ। स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारहरूलाई सजिलो भएको छ। बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षण अभियन्ता गोविन्द सिंहका अनुसार यहाँ तस्करको पकड बलियो छ। स्थानीयवासी नै सचेत नहुने हो भने तस्करले सबै वन्यजन्तु सिध्याउने उनको चिन्ता छ। 

डिभिजन वन कार्यालय र यसका मातहतका कार्यालयको पहुँच कम हुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ। डिभिजन कार्यालयमा खटिएको भनी गलत अभिलेख दिएर सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्वसाधारण बताउँछन्।

सामुदायिक वन समूहका पदाधिकारीहरू तस्करसँग खुलेआम मिल्दा अर्को समस्या सिर्जना भएको छ। समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएको एवं ‘छोरा हुनेको धन र भैँसी हुनेको वन’ भन्ने सोच अझै कायम हुँदा चोरी निकासीलाई बल पुगेको स्वयं डिभिजन वन कार्यालय स्वीकार गर्छ।

बर्सेनि सामुदायिक वनमा घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिलाई समेत कारबाही नहुनुले वन्यजन्तुको वासस्थान नै जोखिममा पर्दै गएको छ। रेडपान्डाको वासस्थानको रूपमा रहेको निगालोको बाक्लो जंगल, रूखका मुडाहरू बर्सेनि फँडानी, आगलागीका कारण सखाप हुँदै गएको छ। यसले पनि वन्यजन्तु विनाश हुने क्रम बढिरहेको छ।