मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज ५ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुई वर्षपछि नेपाल–भारत संयुक्त सैन्य अभ्यास सुरु

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार ०८:०२:००

नेपाली सेना र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त अभ्यास पिथौरागढमा सोमबार सुरु भएको छ । कोभिड–१९ का कारण गत वर्ष रोकिएको संयुक्त अभ्यास स्वास्थ्य प्रोटोकलसहित सुरु भएको हो । नेपाली र भारतीय सेनाबीच भएको संयुक्त अभ्यासको यो १५औँ चरण हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौड्यालका अनुसार नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो । टोलीको नेतृत्व प्रमुख सेनानीले गरेका छन् । अघिल्लोपटक १७–३० मंसिर ०७६ मा सालझण्डीस्थित नेपाली सेनाको तालिम केन्द्रमा १४औँ सूर्यकिरण अभ्यास भएको थियो । 

‘अभ्यासका दौरान नेपाली र भारतीय सेनाको बटालियनले संयुक्त रूपमा अपरेसन, प्रतिआतंकवाद र प्रकोप उद्धारसँग सम्बन्धित अपरेसनका अनुभव आदान प्रदान गर्नेछन्,’ भारतीय सेनाद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।