१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ असोज ४ सोमबार २०:२५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा भ्रष्टाचार आरोपमा चिनियाँ कम्पनी कालो सूचीमा

Read Time : < 1 मिनेट
२०७८ असोज ४ सोमबार २०:२५:००

सुडानको राजधानी खार्चुममा रहेको चिनियाँ कम्पनी फू होङ कन्स्ट्रक्सन, रोड्स एन्ड ब्रिजेज इन्टरप्राइजेज विदेशमा भ्रष्टाचारमा संलग्न चिनियाँ कम्पनीहरूको लामो सूचीमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ दम्पति फू होङ र जी होङको स्वामित्वमा रहेको यो कम्पनीले सुडानमा राजनीतिक नेतृत्वसँग मिलेर करोडौँ अपचलन गरेको आरोप लागेको छ । कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ । 

कम्पनीले त्यहाँका सुरक्षा निकायहरू र अपदस्थ राष्ट्रपति उमर अल बसिर नेतृत्वको राजनीतिक नेतृत्वसँग काम गरेको थियो । संवेदनशील विभाग तथा स्थानका परियोजनाहरूमा यो कम्पनी संलग्न थियो । हायर एकेडेमी अफ स्ट्राटेजिक एन्ड सेक्युरिटी स्टडिजको भवन निर्माणमा यो कम्पनी संलग्न थियो । उक्त भवन जनरल इन्टेलिजेन्स सर्भिस (जिआइएस)का कर्मचारीलाई तालिम दिने प्रयोजनका लागि थियो ।   

अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण विदेशी प्रतिस्पर्धी कम्पनीको उपस्थिति त्यहाँ भएन । यसका कारण चिनियाँ कम्पनी प्रवेश गरेको थियो । कम्पनीले परियोजनाहरूको लागत बढाएर लाखौँ डलर भ्रष्टाचार गरेको द हङकङ पोस्टले जनाएको छ । भ्रष्टाचार प्रकरणमा अपदस्थ राष्ट्रपति र उपराष्ट्रपति स्वयं संलग्न रहेको देखिएको छ । 

सुडानमा संक्रमणकालीन सरकारले ती परियोजनाहरूको छानबिन गरेको थियो । सरकारले कम्पनीमा छापा मारेर सुन, अमेरिकी डलर तथा करोडौँ स्थानीय मुद्रा बरामद गरेको छ । यो घटना त्यहाँको जनरल इन्टेलिजेन्स सर्भिसको जानकारीमा आएपछि अनुसन्धान सुरु भएको थियो । सरकारले छानबिन समिति गठन गरेरै अनुसन्धान थालेको थियो । त्यहीबीचमा चिनियाँ कम्पनीले बैंकबाट पैसा निकालेको थियो । एउटा परियोजनामा मात्रै २० लाखभन्दा बढी अमेरिकी डलर भ्रष्टाचार भएको समितिले पुष्टि गरेको छ ।