१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्माको अवधारणापत्र सार्वजनिक (अवधारणापत्रसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १५:o३:oo

१४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २४बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। शर्माले संविधान दिवसका अवसरमा झापा बिर्तामोडमा आयोजित कार्यक्रममार्फत अवधारणापत्र सार्वजनिक गरेका हुन्।

‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’को अपिलसहित सार्वजनिक गरिएको घोषणापत्रमा १४औँ महाधिवेशनमा विगतको आत्मसमीक्षा गर्नुपर्ने र आउँदा दिनहरूका लागि आत्मचिन्तन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

अवधारणापत्रमा स्थापनाकालमा बिपी कोइरालालगायतको संकल्प र उपलब्धिलाई जोगाउन कमजोरीको पहिचान गरेर समयानुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।

शर्माले अपधारणापत्रमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथको प्रस्ताव गरेका छन्। यसलाई व्यवहारमा अनुशरण गर्न सके  नेतृत्वमा आगमन र बहिर्गमनको प्रणाली र प्रवृत्ति निर्माण हुने उनको भनाइ छ।

यस्तो छ अवधारणापत्र