मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ३ आइतबार o८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आज संविधान दिवस : एक सय १० चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार o८:२९:oo

 संविधान दिवसका अवसरमा यसपटक सरकारले कोभिड– १९ नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई विभूषण वितरणमा प्राथमिकतामा राखेको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी मात्रै एक सय १० जनालाई विभूषण दिने सरकारको निर्णय छ । गृहमन्त्री बालकृष्ण खाण अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसमा मन्त्रिपरिषद्ले राजनीति, समाज सेवा, खेलकुद, कलाकारिता, कानुनलगायतमा योगदान पुर्‍याउनेलाई विभूषण प्रदान गर्ने निर्णय लिएको गृह मन्त्रालय सम्बद्ध स्रोतले बतायो ।

यी पनि विभूषित हुँदै
-राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका निर्देशक (प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट) डा. रुणा झा, डा. अनुप बास्तोला, डा. लोचन कार्की, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. राजीव साह, बिपी कोइराला क्यान्सर अस्पताल, चितवनका डा. अनिल कार्कीलगायतका चिकित्सक पनि विभुषित हुने भएका छन् ।

-सर्वोच्चका न्यायाीधसहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई पनि विभुषण दिने निर्णय छ । ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सबैभन्दा कम उमेरमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा वकालत गर्ने सुलभ खरेलले पनि विभुषण पाउँदै छन् । 

-नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभूषण दिइँदै छ । बाल अभियन्ता प्रेन्सा रेग्मी, एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई पनि विभूषण दिइने भएको छ । 

-लेखक खगेन्द्र संग्रौला, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुन, कार्टुनिस्ट वात्स्यायन र कलाकार नीर शाहले भने विगतमा लिएको भन्दै विभूषण नलिने निर्णय गरेका छन् ।