मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २ शनिबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा बसको ठक्करले मोटरसाइकलचालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ असोज २ शनिबार २०:३०:००

जिल्लाको भीमेश्वर नगरपालिका–७ स्थित मकैबारीमा बसको ठक्करले मोटरसाइकलचालकको मृत्यु भएको छ । शनिबार मकैबारीमा भएको दुर्घटनामा मोटरसाइकलचालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का २४ वर्षीया सन्तोष थामीको मृत्यु भएको हो । 

दोलखा भीमेश्वर मन्दिर दर्शन गरी काठमाडौंतर्फ जाँदै गरेको बा३ख ४७३३ नम्बरको बसले मकैबारीबाट चरिकोटतर्फ आउँदै गरेको बा९७प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार तीनजनामध्ये चालक सन्तोष थामीको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर एक सुष्पाक्षमवतीकी ५० वर्षीया शारदा थामी र सोही स्थानकी १९ वर्षीया सुजिता थामी गम्भीर घाइते भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जान कोइरालाले जानकारी दिए । घाइतेमध्ये शारदा थामीको अवस्था गम्भीर रहेको छ भने सुजिता थामीको अवस्था सामान्य रहेको कोइरालाले बताए । 

घाइते दुवैजनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको चरिकोट अस्पतालले जनाएको छ । बस र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।