१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ असोज २ शनिबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै गाउँका आठसहित ११ फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ असोज २ शनिबार १२:३८:००

इलाका प्रहरी कार्यालय रंगेलीले एकै गाउँका आठसहित ११ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार कुटपिट मुद्दामा एकै गाउँका आठजना, लुटपाटका दुईजना र सवारी ज्यान कसुरमा कैद र जरिवाना सजाय पाएका एक गरी ११ फरार अभियुक्तलाई एकै दिन पक्राउ गरेको हो ।

कुटपिट कसुरमा पक्राउ पर्ने एकै गाउँका अभियुक्तहरूमा मोरङ रंगेली नगरपालिका–६ का  २८ वर्षीय रमजान मिया, ५८ वर्षीय उसमान मिया, ४८ वर्षीया अन्जु खातुन र उवारत खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ, ३५ वर्षीय साहेजबी खातुन छन् । १२ असार २०७३ मा उनीहरूलाई मोरङ जिल्ला अदालतले कैद र जरिवाना सजाय गरेको थियो । उनीहरू सबै एकै गाउँमा बस्ने आफन्तहरू हुन् ।

यसैगरी, लुटपाट कसुरमा फरार रहेका सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल र २३ वर्षीय सुरज भुजेल तथा १४ पुस २०७० मा सवारी ज्यानमुद्दामा कैद र जरिवाना सजाय पाएका रंगेली नगरपालिका–२ बिबियाबिर्ताका ३५ वर्षीय सत्यलाल उरावलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई शुक्रबार नै जिल्ला अदालत मोरङमा बुझाएको प्रहरीले जनाएको छ ।