मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १ शुक्रबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेमा विद्रोह सुरु भएको छ : रामकुमारी झाँक्री

Read Time : < 1 मिनेट
२०७८ असोज १ शुक्रबार १९:४१:००

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले विद्रोहबाट नेकपा एकीकृत समाजवादी पार्टी जन्मिएको भन्दै यो पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बन्ने बताएकी छिन् । बुटवलमा लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकमा बोल्दै झाँक्रीले विभाजन नभई विद्रोहका रूपमा पार्टी आएको भन्दै विद्रोहको प्रक्रिया सुरु भएको बताइन् । उनले विद्रोह सुरु भएपछि अब प्रत्येक कमिटीबाट सुरु हुने विद्रोहले केपी ओली नेतृत्वको एमालेको धराशायी हुने र नेकपा एकीकृत समाजवादीको बढोत्तरी हुने भन्दै यो सुरु भएको बताइन् । नेतृ झाँक्रीले आफूहरूले कसैलाई पनि दबाब नदिएको, एजेन्डा मात्रै राखेको र एजेन्डामा मन्जुर भएर  विद्रोहमा लामबद्ध हुनेहरू बढ्ने विश्लेषण गरिन् ।
’आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छ ? – उनले भनिन्– वस्तुगत अवस्थाले यसो भन्छ त ?,  तर आज विद्रोहको प्रक्रिया सुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिँदै जान्छ ।’ 

उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवाहरू र सम्मान गर्नलायक अग्रजहरूको पार्टी बन्ने पनि दाबी गरिन् । ’हामी विद्रोहबाट आएका छौँ, चुनौतीहरू छन्, तिनलाई चिर्दै हामी अघि बढ्ने हो, केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू उपस्थित बैठकमा उनले भनिन्, ‘हामीलाई लुम्बिनीमा चुनौती दिनेहरूलाई हामीले अब चुनौती दिन्छौँ, त्यसका लागि पार्टी बनाउन लाग्नुस्, युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाऔँ।’ कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, राजु गुरुङलगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए ।