मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १ शुक्रबार १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस लिन अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार १५:२२:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ। नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरूलाई सम्मान गरिएको महाशाखाले जनाएको छ। 

सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंशापत्रसहित खादा ओढाएर सम्मान गरेकाे महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।