१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Thursday, 03 July, 2025
फाइल फोटो
२o७८ असोज १ शुक्रबार १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल एमालेमै फर्कने योगेश भट्टराईको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार १४:४६:oo

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) पार्टी  खोलेका माधवकुमार नेपाल फेरि एमालेमै फर्किने बताएका छन्। प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले यस्तो जिकिर गरेका हुन्।

उनले भने, ‘माधव नेपालकै रोहवरमा १०बुँदे सहमति गरेका थियौँ, तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो। यो राम्रो भएन। अरू कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु।’ 

उनले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वास व्यक्त गर्दै एमसिसीका विषयमा सरकारले आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको बताए।

फरक प्रसंगमा उनले गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने भएकाले आफू यसको विपक्षमा रहेको स्पष्ट पारे।