१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १४:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा स्वास्थ्यकर्मीमाथि हातपात, कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १४:३१:oo

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन्।

केही व्यक्तिले आक्रमण गर्दा एक प्रशिक्षार्थी स्वास्थ्यकर्मी घाइते भएका अस्पतालले जनाएको छ। प्रतिष्ठानका अनुसार दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारका लागि कारमा ल्याइएको घाइते व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षसम्म पुर्‍याउन स्ट्रेचर नभएको भन्दै उनका आफन्तले फलामको कुर्सीले स्वास्थ्यकर्मीलाई प्रहार गरेका बताइएको छ।

कुर्सी प्रहारबाट अस्पतालमा कार्यरत प्रशिक्षार्थी स्वास्थ्यकर्मी समृद्धि श्रेष्ठको खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २० वर्षीया श्रेष्ठ अध्ययनपश्चात् प्रशिक्षणका लागि हेटौँडा अस्पतालमा आएकी थिइन्। उक्त घटनापछि आक्रोशित आफन्तले बिरामीलाई हेटौँडा– ११ थानाभर्‍याङस्थित चुरेहिल अस्पतालमा लगेको जनाइएको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको वेला रातको समयमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउन हेटौँडा अस्पतालले प्रहरीसमक्ष मौखिक जानकारी दिएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।

उनले सिसिटिभी फुटेज र आवश्यक प्रमाणसहित आजै प्रहरीसमक्ष लिखित उजुरी दिएर कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए।