मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Friday, 14 August, 2026
गणेश लम्साल विराटनगर
२o७८ भदौ २९ मंगलबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङमा एक दिनका लागि बालिका बनिन् गाउँपालिका अध्यक्ष

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १७:५८:oo

मोरङको बुढीगंगा गाउँपालिकाले मंगलबार एक दिनका लागि १६ वर्षीया बालिकालाई अध्यक्ष बनाएको छ। राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाले सुस्मिता ऋषिदेवलाई  सांकेतिक अध्यक्ष बनाएको हो।

आज बिहान १० बजे पालिका अध्यक्ष बालचन्द्र माझीले औपचारिक कार्यक्रममा पदभार हस्तान्तरण गरेर  सुस्मितालाई एक दिनका लागि सांकेतिक अध्यक्षको जिम्मेवारी दिएका थिए। पदभार हस्तान्तण भएको पत्र पाएपछि पालिकाले औपचारिक रूपमा गरेकाे कार्यक्रममा सुस्मिताले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

त्यसपछि लगत्तै सुस्मिताको नेतृत्वमा कार्यपालिकाको बैठक बसेको थियो। बैठकले बुढीगंगालाई बालविवाहमुक्त बनाउन चेतनामूलक कार्यक्रम गर्ने, सबै भौतिक पूर्वाधारहरूलाई बालमैत्री बनाउने र बाल अधिकार संरक्षणका लागि ५० हजार बजेट विनियोजन गर्ने तीन टा निर्णय गरेको थियो। बैठकपछि उनी प्रमुख प्रशासकीय अधिकृत शाखाका कर्मचारी, अधिकारकर्मी र पत्रकारसहितको टोली लिएर विद्यालय र स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गर्न पुगेकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले सांकेतिक पालिका अध्यक्ष सुस्मिताले गरेका निर्णयहरू निर्वाचित अध्यक्ष बालचन्द्र माझीको नेतृत्वमा बस्ने कार्यपालिका बैठकमा अनुमोदन गरेर कार्यान्वयनमा ल्याउने बताएका छन्।

गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बाल सशक्तीकरणका लागि बाल दिवसको अवसर पारेर बालिकालाई एक दिन सांकेतिक अध्यक्षका लागि पदभार हस्तान्तरण गरेको बताए।