सीताको भूमिकामा देखिँदै कंगना

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

बलिउड फिल्म 'सीता–एक अवतार'मा कंगना रनौत नै पक्का भएकी छिन्। निर्देशक अलौकिक देसाईले सामाजिक सञ्जालमार्फत यो खबरको पुष्टि गरेका हुन्।

यसअघि फिल्ममा सीताको भूमिका करिना कपूरले निर्वाह गर्ने खबरहरू सार्वजनिक भएका थिए। करिना सीताको भूमिकामा देखिने र त्यसका लागि उनले १२ करोड डिमान्ड गरेको दाबी गरिएको थियो।

देसाईको यो घोषणासँगै ती सबै कुरा हल्ला मात्र भएको पुष्टि भएको छ।

फिल्मले पौराणिक कथाहरूलाई हेर्ने हाम्रो दृष्टिकोण बदलिदिने भन्दै देसाईले कंगना टिममा सामेल भएसँगै थप उत्साहित भएको उल्लेख गरेका छन्।

See More On

सुझावित समाचार