मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका रुपन्देही
२o७८ भदौ २९ मंगलबार १२:३५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा, भौतिक प्रगति ९८ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १२:३५:oo

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत र वित्तLय प्रगति ७७ प्रतिशत भइसकेको छ। अब विमानस्थलमा केही साना प्राविधिक कामरू मात्रै बाँकी रहेकोले आइसिपी जिरो– २ ठेक्का सम्झौताअनुसार थाइल्यान्डको एरोथाई कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए।

प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङभित्रको फन्सिलिङसँग सम्बन्धित कामहरू र फर्निचर फर्निसिङका कामहरू बाँकी छन्। उनले क्यालिब्रेसन फ्लाइटका लागि जडान गरेका उपकरणहरूलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरू कोरोना भाइरसका कारण थाइल्यान्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताए। प्राविधिक कामहरूलाई सम्पन्न गर्नका लागि सरकारले थाइल्यान्ड सरकारसँग कूटनीतिक पहल थालेको पनि प्रमुख इन्जिनियर अधिकारीले जानकारी दिए।

प्रमुख इन्जिनियर अधिकारीले भने,  ‘मात्र एक–दुईवटा कामहरूले गर्दा आयोजना कम्प्लिट रूपमा सम्पन्न नभएको अवस्था छ। यसका लागि विभिन्न चरणमा एरोथाई कम्पनीहरूसँग छलफल भइरहेको छ। कूटनीतिक पहल पनि गरेको हो। मन्त्रालय, विभाग र राष्ट्रिय गौरवको आयोजनाका निर्देशनालयले पनि रेगुलर रूपमा कोर्डिनेसन गरिरहेको छ। यदि थाइल्यान्डबाट ल्याउने वातावरण सिर्जना भएन भने अन्य देशबाट ल्याउन सकिन्छ कि भनेर गभर्मेन्ट अगाडि बढिरहेको अवस्था छ। सम्भवतः छिट्टै यो विषयमा नीति तय गर्न सकिन्छ कि भन्ने अनुमान हाम्रो छ।’

उनले अहिले बनिरहेको टर्मिनल बिल्डिङ तुलनात्मक रूपमा सानो भएको सरकारको अनुमान रहेको भन्दै यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए। यो टर्मिनल बिल्डिङले चार सय सेवाग्राहीलाई मात्र सेवा दिन सक्छ।  प्रमुख इन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए।

प्रमुख इन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा  क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको बताए। विमानस्थलमा क्यालिब्रेसन फ्लाइट भएको करिब तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ। राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गर्ने गरिन्छ।