१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार o८:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार o८:o४:oo

टोलीमा सहभागी खेलाडी : अन्जना राना मगर, अन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली योन्जन, निशा थोकर, प्रिति राई, पुजा राना, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह ।

एसियन कप २०२२ को छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार उज्वेकिस्तातर्फ प्रस्थान गरेको छ । नेपाल छनोट समूहको एफमा छ भने फिलिपिन्स र हङकङविरुद्ध खेल्नेछ । २ असोजमा नेपालले पहिलो खेलमा फिलिपिन्सको सामना गर्नेछ । ५ असोजमा नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
यस समूहमा शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्नेछ ।

भारतमा जनवरी २०२२ मा प्रतियोगिता हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको दुईवटा मैत्रीपूर्ण खेलले खेलाडीहरूको आत्मविश्वास बढेको बताएका छन् । मैत्रीपूर्ण खेलले टोलीमा भएका कमी कमजोर थाहा पाएको र त्यसलाई सच्याउने अवसर मिलेको उनले जनाए । ‘मैत्रीपूर्ण खेलले महिला टोलीलाई एक आपसमा बुझ्नलाई सहयोग मिलेको छ,’ प्रमुख प्रशिक्षक फिलिप्सले भने, ‘छनोट खेल नेपालका लागि ठूलो मौका प्राप्त भयो, यसमा हामीले कमजोरी थाहा पायौँ ।’ 

छनोटमा सहभागी हुने कुनै पनि खेलाडी चोटग्रस्त नभएको उनले जनाए । घोषित नेपाली टोलीमा भरपर्दा डिफेन्डर पुनम मगर मात्र बाहिर रहिन् । पुनमको मुटुमा समस्या आएपछि उनी टोलीमा छैनन् । रिपोर्टअनुसार पुनमको मुटुमा समस्या देखिएको हो । उज्वेकिस्तानमा जाने टोलीलाई सोमबारै अखिल नेपाल फुटबल संघले बिदाइ गरेको छ । नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद नतिजा निकाल्ने बताइन् ।