१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Saturday, 05 July, 2025
२o७८ भदौ २८ सोमबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता पुरुष बाघले आधा शरीर खाएको अवस्थामा मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १३:३३:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कुसुमको गाभर क्षेत्रमा बाघले मान्छे खाएको छ। राप्ती सोनारी गाउँपालिका– १ गाभरस्थित भेरी राप्ती स्टाफ होटेलमा कार्यरत एक पुरुषलाई बाघले खाएको इलाका प्रहरी कार्यालय कोहपुरका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

आइतबारदेखि बेपत्ता रहेका करिब ४५ वर्षीय ती पुरुषको खोजी गर्ने क्रममा आधा शरीर खाएको अवस्था सोमबार बिहान शव फेला परेको खनालले बताए। केही समयदेखि होटेलमा काम गर्दै आएका मृतकको ठेगाना खुल्न सकेको छैन। ती व्यक्ति भारतीय मूलका रहेका बताइएको छ।

मृतकको शव पूर्व–पश्चिम राजमार्गबाट करिब पाँच सय मिटर उत्तरतर्फ निकुञ्जभित्रको जंगलमा फेला परेको डिएसपी खनालले जानकारी दिए। सो स्थान कोहलपुरबाट झन्डै ७५ किलोमिटर पूर्वमा पर्दछ।