१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २८ सोमबार o८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय दलका नेतासँग छलफल गर्दै सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार o८:o४:oo

सभामुख अग्निप्रसाद सापकोटा र संसदीय दलका नेताहरूबीच छलफल हुँदै छ ।सोमबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बस्ने सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्यलगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको  सभामुखको सचिवालयले जनाएको छ ।