मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार o७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वसन्त चौधरीले पाउने भए केएलएफ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार o७:२१:oo

भारतको कलिङ लिटररी फेस्टिबलले २०२०/२१ का लागि ‘केएलएफ बुक अवार्डस्’ नेपालका उद्योगपति तथा साहित्यकार वसन्त चौधरीलाई प्रदान गर्ने घोषणा गरेको छ । विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरूका लागि प्रत्येक वर्ष प्रदान गर्ने केएलएफ बुक अवार्डस् चौधरीले पाउने भएका हुन् । 

वर्ष २०२०/२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड चौधरीको हिन्दी कवितासंग्रह ‘अनेक पल औ मैं’ले समेत पाउने आयोजकले जनाएका छन् । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ चर्चित रहेको जनाइएको छ । 

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित ननफिक्सन, फिक्सन बुक, कवितासंग्रह, हिन्दी बुक, बायोग्राफी, अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरूसँग सम्बन्धित कृति, बिजनेस बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेन्ड बुक्स, खेल तथा सामरिकलगायतका विषयमा लेखिएका पुस्तकहरूबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने आयोजकको दाबी छ ।

कलिङ लिटररी फेस्टिबल (केएलएफ) अन्तराष्ट्रियस्तरमै चर्चित साहित्य महोत्सव रहेको दाबी गरिएको छ । स्वतन्त्र अवार्ड छनोट समितिबाट छनोट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने जनाइएको छ ।  

कलिङ लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मिरञ्जन परिदाले कलिङ लिटरेरी फेस्टिबलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयौँ सफल व्यक्तिहरूबाट कैयौँ नयाँ अनुभव प्राप्त हुने बताइन् । महोत्सवमा लेखक, शिक्षाविद्, नीति–निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानुन निर्माता, कर्पोरेट जगत्का हस्तीहरू, आध्यात्मिक विचारक तथा विद्यार्थीसमेतको सहभागिता रहने जनाइएको छ ।