१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानवनिर्मित विकासका कारण वातावरणमा परेको असर अध्ययन गर्नुपर्छ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १३:१o:oo

ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री पम्फा भुसालले मानवनिर्मित विकासका प्रभावका कारण वातावरणमा परेको असर अध्ययन गर्न जरुरी रहेको बताएकी छिन्। शुक्रबार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवमा मन्त्री भुसालले यस्तो धारणा राखेकी हुन्।

उनले अहिले विश्वमा भइरहेको अति विकसित र विकासशील राष्ट्रहरूले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन्। अर्कैले खाएको विषको प्रभाव नेपालजस्ता राष्ट्रले भोगिरहेको भन्दै मन्त्री भुसालले नेपालले द्रुत गतिमा यस्ता प्रभावको सामना गरिरहेको बताइन्।

‘हामी जलस्राेतको उपभोग विविध तरिकाले गर्दै छौँ। हाम्रो मन्त्रालयको हिसाबले अलि बढी सिँचाइ, त्यसपछि विद्युत् उत्पादन, खानेपानी र अरू भौतिक पूर्वाधारका संरचनाका विकासले पनि यसमा पारेको प्रभाव र मानवनिर्मित प्रभावहरू छन्। यसको अध्ययन स्वतः आवश्यक छ,’ मन्त्री भुसालले भनिन्, ‘अहिले विश्वमा भएको अति विकास र एकदमै विकासशील भन्ने राष्ट्रहरूले गरेका गतिविधि, औद्योगीकरणले क्लाइमेटमा परेको प्रभाव हामी भोगिरहेका छौँ। अर्कैले विष खाएको छ, त्यसको प्रभाव हामीजस्ता राष्ट्रहरूले भोगिरहेका छौँ ।’

मन्त्री भुसालले नेपाली जनतालाई द्रुत गतिमा विकास पनि चाहिएकाले विकासबाट पर्ने नकारात्मक प्रभावलाई कम गर्ने गरी विकास निर्माण गर्नुपर्ने बताइन्।