मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार १८:५९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल–बंगलादेश मैत्रीपूर्ण महिला फुटबल : नेपाल २–१ ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १८:५९:००

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो । 

नेपालका लागि सबिता राना र प्रीति राईले गोल गरेका हुन् । बंगलादेशले एक गोल फर्काएको थियो ।

नेपाली महिला फुटबल टोली २०२२ को एएफसी महिला एसियन कप छनोटको तयारीमा छ  । छनोट प्रतियोगितामा सहभागी हुनुअघि नेपालले तयारीस्वरूप बंगलादेशसँग दुईवटा खेल खेल्नेछ । बिहीबार पहिलो खेल भएको थियो ।