मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसी सम्झौता हुबहु पारित गर्ने सरकारको तयारीप्रति विवेकशील साझाको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १७:३९:oo

एमसिसीका आपत्तिजनक सर्तहरू संशोधन नगरी संसदबाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीले सम्झौता संशोधनविना पारित गर्न नहुने जनाएको हो। 

एमसिसी सम्झौताका केही सर्तहरू अत्यन्त आपत्तिजनक एवं नेपालको राष्ट्रिय स्वाभिमान र हितप्रतिकूल रहेको विज्ञप्तिमा उल्लेख छ। नेपालजस्तो मुलुकको विकासमा वैदेशिक सहयोग महत्वपूर्ण रहे पनि राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने सर्त गाँसिएर आउने सहयोग स्विकार्न नसकिने विवेकशील साझाको धारणा छ।

‘एमसिसी इन्डाे प्यासिफिक स्ट्रटेजी (आइपिएस)को अंग हो भनी अमेरिकी उच्च अधिकारीले नै अभिव्यक्ति दिएको परिप्रेक्ष्यमा अघिल्ला र वर्तमान सरकारले यसबारे सत्यतथ्य समयमै बाहिर ल्याउनुको सट्टा यसलाई अन्य विकास आयोजनाको जस्तै सामान्य अनुदान जसरी नै प्रस्तुत गर्नु आपत्तिजनक छ। सत्तामा रहँदा सम्झौता पारित गर्न लागिपर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने दलहरूको रवैयाले पनि यसमा पर्याप्त संशय थपेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।