मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भन्सार छली ल्याएको कपडा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १५:३१:oo

प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मूल्यबराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्यबराबरको कपडा बरामद गरेको हो।

कपिलवस्तुको कृष्णनगरबाट आएको बा.५ख १२३६ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा डिक्कीभित्र लुकाई राखिएको अवस्थामा उक्त कपडा फेला परेको हो। प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर– ४ का ३६ वर्षीय दावा तामाङ, सुनसरी बाँजोगरा– ७ की ४७ वर्षीया मनिका सुब्बा, मोरङ उर्लाबारी– ८ का ४१ वर्षीय सागर धिमाल र मनाङ निसान– ४ की सुनिता गुरुङले सो कपडा भन्सार छली ल्याएका हुन्।

थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले बरामद कपडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।