१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १४:४४:oo

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरूले विभिन्न माग राखी प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यसअन्तर्गतका प्रशिक्षण केन्द्रहरूको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिए पनि सोअनुरूप नभएपछि कर्मचारीहरूले मंगलबार प्रतिष्ठानको भवनमा ताला लगाएका हुन्।

प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाका तयार गरी मन्त्रालयसँग यथाशीघ्र छलफल गराई विद्यमान ऐन, नियमबमोजिम कार्य गर्न सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठानको ऐन तथा नियमावली नयाँ नबनाई विद्यमान ऐन तथा नियमावली कार्यक्षेत्र नघट्ने गरी समयसापेक्ष संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरूका लागि क्षमता विकासको केन्द्र बनाउनुपर्ने, कर्मचारीहरूको दरबन्दी, कार्यविवरण तथा शाखा, महाशाखाको कार्य जिम्मेवारीहरूसम्बन्धी समस्या समाधान गर्नुपर्ने कर्मचारीको माग छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठानले स्थानीय तहको सुशासन प्रवर्द्धनको निम्ति काम गरिरहेको भए पनि यसलाई ध्वस्त बनाउन र एनजिओलाई प्रश्रय दिन लागिएको र प्रतिष्ठानका कर्मचारीको व्यवस्थापनमा ध्यान नपुर्‍याएकाले आन्दोलनमा उत्रिनुपरेको बताए। उनले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

आफूहरूको माग पूरा नभएसम्म प्रतिष्ठानका सबै कार्यक्रमलाई स्थगन गर्ने कर्मचारीले बताएका छन्।