१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Friday, 04 July, 2025
२o७८ भदौ २२ मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाका ३५ विद्यालयमा पठनपाठन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १४:o१:oo

लकडाउनका कारण बन्द रहेकाे हुम्लाका ३५ वटा विद्यालयमा पठनपाठन सुरु भएको छ। लकडाउनका कारण लामो समय पठनपाठन बन्द रहेको हुम्लाका एक सय ४८ विद्यालयमध्ये ३५ विद्यालयमा पठनपाठन सुरु भएको हो। नाम्खा गाउँपालिकाका १७ र ताजाँकोट गाउँपालिकाका १८ विद्यालयमा यही २० गतेदेखि पठनपाठन सुरु भएको हो।

कोरोना संक्रमण कम भएको निष्कर्षसहित दुई गाउँपालिकाका शिक्षा समिति बैठकले विद्यालय सञ्चालन गरे पनि चंखेली, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र सिमकोट गाउँपालिकाका विद्यालय भने खुल्न सकेका छैनन्।

पाँच गाउँपालिकाभित्रका एक सय १३ विद्यालय अझै सञ्चालनमा आइनसकेका शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख तिलकप्रसाद भट्टराईले जानकारी दिए। इन्टरनेटको सहज पहुँच नहुँदा जिल्लामा लकडाउनपछि पठनपाठन ठप्प छ।

खार्पुनाथ र सिमकोटले भदौ २७ गते र  सर्केगार्डले असोज १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । तर, चंखेली र अदानचुली गाउँपालिकाले भने निर्णय गरिसकेका छैनन्।