मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ २२ मंगलबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ २२ मंगलबार ०८:१९:००

पहिराेका कारण मुग्लिन-नौबिसे सडक अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० जोगीमारामा बिहान ६:०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।  पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।