१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोदीको पुत्ला जलाउँदा गृहको आपत्ति, मित्रराष्ट्रको स्वाभिमान र सम्मानमा आँच आउने क्रियाकलाप नगर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १३:३९:oo

गृह मन्त्रालयले मित्रराष्ट्रहरूको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै छिमेकी प्रधानमन्त्रीको पुत्ला जलाउने, नाराबाजी गर्ने र प्रदर्शन गर्नेजस्ता कार्य नगर्न भनेको छ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले यस्ता गतिविधिलाई उच्छृंखल र निन्दनीय भन्दै आपत्ति जनाएको छ।

भविष्यमा उत्पन्न हुने समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने भन्दै मन्त्रालयले यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गरिने जनाएको छ।

 

ad
ad
ad
ad