राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन २३ भदौको अपराह्न ४ बजे आह्वान गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।