१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यालयहरूले अभिभावकलाई आतंकित बनाइरहेका छन् : लेखनाथ न्यौपाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:४१:oo

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले विद्यालयहरूले भर्नाजस्तो सामान्य विषयमा समेत झमेला खडा गरेर अभिभावकहरूलाई आतंकित बनाइरहेको बताएका छन्। अखिल (क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न सुझाब लिने उद्देश्यले बिहीबार राजधानीमा गरेको अन्तर्क्रियामा न्यौपानेले उक्त भनाइ राखेका हुन्।

शिक्षालाई मौलिक हक मान्ने संविधान भएको मुलुकमा विद्यार्थीलाई उसले इच्छाएको विद्यालयमा रुचिको विषय अध्ययन गर्न पाउनु उसको नैसर्गिक हक भएको भन्दै न्यौपानेले विद्यार्थी र अभिभावकमाथि तनाव खडा गर्ने विद्यालयमाथि छानबिन गर्नसमेत विद्यार्थी नेताहरूलाई अपिल गरेका छन्।

उपाध्यक्ष दीपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली विद्यार्थी आन्दोलनको समीक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रममा विद्यार्थी संगठनका पूर्वअध्यक्षहरू लीलामणि पोखरेल, देव गुरुङ, प्रकाश पोखरेल, जीवन गौतम, रमेश मल्ललगायतको उपस्थिति थियो।

चार वर्षअघि कीर्तिपुरमा भएको २१औँ सम्मेलनबाट अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएयता दुई–दुई वर्षमा हुनुपर्ने सम्मेलन विविध कारणले रोकिँदै आएको थियो। यही असोज ८, ९ र १० गते काठमाडौंमा २२औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णयसहित तीव्र तयारीमा रहेको अखिल (क्रान्तिकारी)को सम्मेलनमा मुलुकभरबाट नाै सय ९९ प्रतिनिधि सहभागी हुने संगठनका प्रवक्ता जिपी मैनालीले जानकारी दिए।

ad
ad