केयरगिभरका लागि इजरायल जानेको अंग्रेजी भाषा परीक्षा हुँदै

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

केयरगिभरका लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा भदौ २८ गते लिइने भएको छ। आवेदन भरेकामध्ये वैदेशिक रोजगार विभागबाट स्वीकृति भएकाहरूले मात्रै परीक्षा दिन पाउने भएका हुन्।  

इजरायलका लागि एक हजार सुसारे  माग भएकोमा दश हजारजनाले आवेदन फारम भरेका थिए। तीमध्ये परीक्षा उत्तीर्ण गरेकाहरू मात्रै जान पाउनेछन्। सरकारले गत साउन १२ गतेदेखि साउन ३२ गतेसम्म आवेदन खुला गरेको थियो। परीक्षा केन्द्र विभागले केही दिनमा तोक्नेछ।  दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमै परीक्षा लिइने विभागले जनाएको छ।

सुझावित समाचार