१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १६ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १६ बुधबार o८:२४:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दोस्रो लहरअघि नै लगाएको  खोपले अब कति समय काम गर्छ ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १६ बुधबार o८:२४:oo

पछिल्लो समय अमेरिकाका बालबालिकामा कोभिड संक्रमण बढ्नुलाई विज्ञहरूले तेस्रो लहरको सुरुवातको संकेत मानेका छन् । खोप नलगाएका बालबालिका संक्रमणबाट प्रभावित हुने अनुमानअनुसार नै अमेरिकाका बालबालिका संक्रमणबाट प्रभावित बनिरहेका छन् । 

योसँगै विज्ञहरूले अमेरिकामा कोभिडको तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएका छन् । यहाँ बालबालिकामा बढ्दो संक्रमणलाई नराम्रो संकेतका रूपमा लिन थालिएको छ । योसँगै कतिपय विद्यालयले भौतिक रूपमा कक्षा सञ्चालनमा ल्याएकोले संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । सामान्यतया तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुने भनिए पनि वयस्क र वृद्धवृद्धामा यसको जोखिम उत्तिकै रहन्छ । साथै दोस्रो लहरअगाडि नै कोभिडविरुद्धको खोप लगाइसकेका व्यक्तिहरूसमेत तेस्रो लहरमा संक्रमित हुन सक्ने चिकित्सकहरूको चेतावनी छ । 

नेपालमा हालसम्म ४० लाखभन्दा बढीले कोभिडविरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षणअनुसार खोपको दुई डोज लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टिबडी देखिएको छ । गत एक महिनामा सबै उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरिएको नमुना सर्वेक्षणले खोप लगाएका ६८.६ प्रतिशतमा कोभिडविरुद्धको एन्टिबडी देखिएको हो । तर, अझैसम्म कुन जनसंख्याको ठूलो हिस्सा खोपको पहुँचमा नभएको र बालबालिकामा लगाउने खोपको समेत कुनै टुंगो नभएका कारण तेस्रो लहर झन् जोखिमपूर्ण बन्न सक्ने चिकित्सकहरू बताउँछन् । 

 भ्याक्सिनको प्रभावकारिता बिस्तारै घट्छ : डा. रिजाल

डा. संकेत रिजाल वरिष्ठ फिजिसियन

वरिष्ठ फिजिसियन डा. संकेत रिजालका अनुसार संक्रमण केही प्रतिशतले घटेको देखिए पनि अस्पतालमा गम्भीर बिरामीको चाप घटेको छैन । उनी भन्छन्, ‘कोभिड अस्पतालहरूमा अझै पनि ५० देखि दुई सयजनासम्म कोभिडका बिरामी छन् । तेस्रो लहर आइहालेमा बालबालिकामा संक्रमण बढ्ने र एनआइसियूजस्ता सघन उपचार सेवा पर्याप्त नहुँदा समस्या हुन सक्ने देखिन्छ ।’

समयक्रमसँगै प्राकृतिक रूपमा भ्याक्सिनको प्रभावकारिता घट्दै जान्छ । अहिलेसम्म प्रयोगमा आइरहेका खोपहरूले बलियो एन्टिबडी देखाएका छन्, यद्यपि खोपले शरीरमा कति समयसम्म संक्रमणविरुद्ध काम गर्न सक्छ भन्ने यकिन नहुँदा सुरुवातमा खोप लगाएका व्यक्तिहरू तेस्रो लहर फैलिए प्रभावित हुन सक्ने चिकित्सकहरूले अनुमान गर्न थालेका छन् ।

भ्याक्सिनको प्रभावकारिता समयक्रमसँगै प्राकृतिक रूपमा घट्दै जाने गर्छ । हाल प्रयोगमा आइरहेका खोपहरूले बलियो एन्टिबडी देखाएका छन् । यद्यपि, खोपले शरीरमा कति समयसम्म संक्रमणविरुद्ध काम गर्न सक्छ भन्ने यकिन नहँुदा सुरुवातीमा खोप लगाएका व्यक्तिहरू तेस्रो लहरमा प्रभावित हुन सक्ने अनुमान गर्न थालिएको छ । अध्ययनअनुसार तीनदेखि चार महिनापछि खोपको प्रभावकारिता घट्दै जान्छ । भाइरोलोजिस्टहरूका अनुसार प्रतिरोधात्मक क्षमता घट्नु वा एन्टिबडीको स्तरमा कमी आउनु सामान्य हो । तर, डेल्टा भेरियन्टजस्ता भाइरसमा आइरहेको तीव्र उत्परिवर्तनको समयमा जोखिमपूर्ण हुन सक्ने विज्ञहरू बताउँछन् । 

खोपको प्रभावकारिता घट्दै जाने भएकाले संक्रमणको जोखिम कम गर्न बुस्टर डोज आवश्यक हुने अध्ययनहरूले देखाएका छन् । सामान्यतया सुरुवातीमा खोप लगाएका र स्वास्थ्य अवस्थाअनुसार प्रतिरोधी क्षमता कम हुने व्यक्तिहरूमा इम्युनिटी बढाउन भ्याक्सिनको अर्को डोज आवश्यक मानिएको छ । तर, नेपालमा भने भ्याक्सिनको पूर्ण डोजको पहुँचबाट समेत वञ्चित भएको समयमा बुस्टर डोजबारे बहस भएको पाइँदैन ।