१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १५ मंगलबार ०७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका  बलात्कारको अभियोगमा शिक्षक पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ भदौ १५ मंगलबार ०७:१७:००

लमजुङमा १४ वर्षीया बालिका बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ परेका छन् । सोमबार बेंसीसहरबाट उनलाई पक्राउ गरिएको  प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले  पक्राउ गरेको हो ।

यसअघि बालिकालाई जबर्जस्ती करणी गरेकै आरोपमा सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौनदुर्व्यवहारबारे बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको हो ।