मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाँकी जीवन नेपाली मोडेलको समाजवादप्रति प्रतिबद्ध रहनेछ : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १९:१६:००

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो बाँकी जीवन नेपाली मोडेलको समाजवादप्रति प्रतिबद्ध रहने बताएका छन् । दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका खनालले उपचारको क्रममा सहयोग गर्ने र शुभेच्छा प्रकट गर्नेहरूलाई धन्यवाद दिँदै बाँकी जीवन देश, जनता, मुलुकको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, राष्ट्रको एकता, सही वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा कम्युनिस्ट आन्दोलनको नयाँ स्तरको एकता, दिगो शान्ति र नेपाली मोडेलको समाजवादप्रति प्रतिबद्ध रहने बताएका हुन् ।