१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०८:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आजदेखि मौसममा  सुधार आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०८:०८:००

पछिल्ला तीन दिनको झरीपछि आइतबारबाट मनसुन केही कमजोर बनेको छ । सोमबार र मंगलबारबाट मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार नेपालको तराईकेन्द्रित मनसुनको न्यूनचापीय रेखा विस्तार दक्षिण सर्दै छ । ‘आइतबार बागमती र प्रदेश ५ केन्द्रित वर्षा भएको छ,’ उनले भने, ‘मनसुन बिस्तारै कमजोर हुँदै मंगलबार बिहानबाट थप सहज हुने देखिन्छ ।’

महाशाखाले आइतबार बुलेटिन जारी गर्दै सोमबार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । शनिबार रातिसम्म यी प्रदेशका केही क्षेत्रमा अति भारी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा बढी कपिलवस्तुको वाणगंगा क्षेत्रमा १७५ मिलिमिटर पानी परेको छ ।