मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पनौती नगरपालिकामा सम्झौतापछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपाने ।
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग नबिलको साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:०७:००

नबिल बैंकले काभ्रेपलाञ्चोकका पाँचखाल र पनौती नगरपालिकासँग साझेदारी गर्ने सम्झौता गरेको छ । पनौती नगरपालिकासँगको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

साझेदारीमार्फत नगरपालिकाहरूले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम–तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्ता कार्यक्रम–तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

सम्झौतापछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरू सुन्न आतुर रहेको बताए । त्यस्तै, पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरेका थिए । 

पाँचखालमा आयोजित कार्यक्रममा उपमेयर दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन् । बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको बैंकले जनाएको छ । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ ।